२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

सपनाको कुरा गर्ने ‘रोल नं १’को गीत ‘रंगीन सपना’ सार्वजनिक

सपनाको कुरा गर्ने ‘रोल नं १’को गीत ‘रंगीन सपना’ सार्वजनिक
अ+ अ-

काठमाडौं। चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रंगीन सपना’ सार्वजनिक गरेको हो ।

उज्वल सागरको स्वर रहेको गीतमा शब्दरचना रोशन अधिकारीको छ । संगीत पनि उज्जल सागरकै रहेको छ ।

गीतले सपना कुरा गर्छ । गीतले उज्वल भविष्यको कामना गर्दै त्यसका लागि देख्ने सपना र मेहनतको विषय उठान गरेको छ । सन्तानको सुखमा खुसी हुने अभिभाक र दुःखमा दुखी बाबुआमाको कथा गीतमा उनिएको छ ।

सन्तानको अनिश्चित भविष्यमा घबराउने बुबाआमाको कथा भन्ने गीतले सुुख र दुःख जिन्दगीका दुई पाटा भएको यथार्थ बताउँछ । दुःखहरूबीच जिउनु पर्ने जिन्दगीको वास्तविकता झल्काउने गीतले सन्तानको सानो सफलतामा बुबाआमाले देख्ने ठूलो सपना समेटिएको छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार छन् । सिनेमाको फुटेज खेलाउँदै गीतको भिडियो तयार पारिएको छ ।

‘रोल नं १’ शुक्रबारबाट प्रदर्शनरत छ । सिनेमाका कलाकार दर्शक भेट्न हलहल पुगिरहेका छन् । सिनेमाले वर्ड अफ माउथ राम्रो पाएको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमामा डीओपी शिवराम श्रेष्ठ छन् ।