३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई

‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई
अ+ अ-

काठमाडौं: ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन्। शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित अन्तिम प्रतिस्पर्धामा भण्डारी पुरुष र श्रेष्ठ महिला विधातर्फ विजेता घोषित भएका हुन्।

विजेताले नगद पुरस्कारसँगै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। भण्डारीले ‘बेस्ट वाक’, ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’को उपाधिसमेत हात पारे भने श्रेष्ठ ‘कमर्सियल मोडल’ घोषित भइन्।

पुरुषतर्फ अनुस्कृत न्यौपाने प्रथम र सुशान्त प्रजापति दोस्रो रनरअप भए। महिलातर्फ प्रियंका ओली प्रथम र खुसी बोहरा दोस्रो रनरअप घोषित भए।

प्रतियोगितामा २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए। ‘मोस्ट पपुलर’मा मनिष ओली र काया थापा, ‘मोस्ट स्टाइलिस’मा सुशील थापा मगर र काया थापा तथा ‘बेस्ट पर्सनालिटी’मा अनुष सक्सेना र उगेश्ना तिमल्सिना चयन भए।

त्यस्तै, ‘बेस्ट वाक’ अस्निका ठकुरी, ‘पब्लिक च्वाइस’ सुशान्त प्रजापति र प्रियंका ओली, ‘मोस्ट फोटोजेनिक’ सुशान्त प्रजापति र कृशला संगत तथा ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’ सिम्रन कार्कीले जितिन्। अनुस्कृत न्यौपाने ‘कमर्सियल मोडल’ र सृष्टि न्यौपाने ‘बेस्ट कन्टेन्ट क्रिएटर’ घोषित भइन्।

प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई थिए। प्रतियोगिताको यो दसौं संस्करण हो। मुख्य प्रायोजक ‘नोथिङ स्मार्ट फोन’ रहेकाले यसपटक प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट र एक्सप्रेसनलगायत विषयमा प्रशिक्षण तथा ग्रुमिङ दिइएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन्।

अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीपसहित देश तथा विदेशका विभिन्न प्लेटफर्ममा अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता विगत १० वर्षदेखि आयोजना हुँदै आएको आयोजकको भनाइ छ। पछिल्लो समय मोडलिङप्रति युवायुवतीको आकर्षण बढ्दै गएको र प्रतियोगिताले यस क्षेत्रमा प्रवेश गर्न चाहनेलाई अवसर तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

कोरियोग्राफर सबिता कार्की र मेन्टर अजय गुरुङ रहेको प्रतियोगितामा मनिष राई, कासा, मर्स्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेटले फेसन डिजाइनमा सहकार्य गरेका थिए। र्‍याम्प शो तथा विभिन्न सांगीतिक प्रस्तुतिसहित प्रतियोगिताको अन्तिम कार्यक्रम सम्पन्न भएको थियो।

तस्बिर ः सुदीपराज वन्त