३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

‘रोल नं १’को टिजर सार्वजनिक

‘रोल नं १’को टिजर सार्वजनिक
अ+ अ-

काठमाडौं। विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा देखाइएको छ । आफ्नो भाग त्यागेर छोराको खुसीका लागि बाबुले देख्ने सपना समेटेको टिजरले उक्त सपना पूरा नहुँदाको निराशा प्रस्तुत गरेको छ ।

पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ । समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र रहेको समाज कसरी सरकारी छात्रवृत्तिबाट बञ्चित भइरहेको छ भन्ने यथार्थ टिजरमा समेटिएको छ ।

छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनै पर्ने सरकारी नियमले कसरी आम गरिब समुदाय पढाइबाट बञ्चित भइरहेको छ भन्ने तीतो सत्यलाई टिजरले देखाउने प्रयास गरेको छ ।

आफ्नो इच्छा, आकांक्षा र भरोसा कसरी छोरामा परिवारले बोकाउँछ ? तर, छोराले जतिसुकै प्रयास गरे पनि पढ्न नसक्दा उसको बालमनोविज्ञानमा कस्तो असर गर्छ भन्ने वास्तविकतालाई टिजरले उजागर गरेको छ ।

टिजरले यो चलचित्रले अधिकांश गरिब नेपालीको कथा भन्ने संकेत गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको सिनेमा ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको छ ।

‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका हुन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।