२५ श्रावण २०८३, सोमबार
,
Latest
सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग राष्ट्रिय गौरवका आयोजना पूरा हुन अझै १० वर्ष लाग्ने, सुधार भए ३–५ वर्षमै सकिने प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद आउन रोक लगाउन एमाले सांसद पोखरेलको माग अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२६ मिनी अक्सनः १३५५ खेलाडी दर्ता, २ करोड आधार मूल्यमा ४५ नाम



अ+ अ-

एजेन्सी । आगामि सिजनको आईपीएलका लागि १३५५ खेलाडीहरूले दर्ता गराएका छन्। २ करोडको आधार मूल्य क्याटेगरीमा अष्ट्रेलियाका क्यामरुन ग्रीन, इंग्ल्यान्डका लियम लिभिङ्गस्टन, भारतका रवी बिश्नोई र वेंकटेश अय्यर, श्रीलङ्काका मथीश पथिराना र वानिन्दु हसरङ्गा सहित कुल ४५ खेलाडी परेका छन्।

दर्ताको अन्तिम मिति नोभेम्बर ३० थियो। मिनी अक्सन डिसेम्बर १६ मा अबु धाबीमा हुनेछ। दर्ता पूरा भएपछि आईपीएलले यो लामो सूची सबै फ्रेन्चाइजीलाइ पठाएको छ। हरेक टोलीमा अधिकतम २५ खेलाडी राख्न सकिन्छ। यसपालिको अक्सनमा जम्मा ७७ स्लटहरू भरिनेछन्, जसमा ३१ विदेशी स्लट पनि समावेश छन्।

ग्रीनमा हुनेछ सबैको नजर

अक्सनमा सबैभन्दा ठूलो ध्यान अष्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीनमाथि रहनेछ। गत वर्ष चोटका कारण उनी मेगा अक्सनमा सहभागी भएका थिएनन्।

यसपटक केकेआर र सिएसके दुवैले उनीमाथि बोली लगाउने सम्भावना छ। यी दुवै टोलीसँग सबैभन्दा धेरै पर्स छ र एक–एक विदेशी स्लट पनि खाली छ।

केकेआरलाई ग्रीनका लागि बलियो दावेदार मानिएको छ, किनकि वेस्टइन्डिजका आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएपछि टोलीलाई यस्तो अलराउन्डर आवश्यक छ जसले कुनै पनि परिस्थितिमा ब्याटिङ र बलिङ दुवै दिन सकोस्।

केकेआरले ९ खेलाडी रिलिज गर्‍यो

केकेआरले वेंकटेश अय्यरसहित ९ खेलाडीलाई रिलिज गरेको छ। वेंकटेशलाई गत वर्ष २३.५ करोडमा खरिद गरिएको थियो। अब टोलीसँग १२ स्लट खाली छन्, जसमा ६ विदेशी स्लट पनि छन्। सिएसकेसँग दोस्रो सबैभन्दा ठूलो पर्स छ र उसले ९ स्लट भर्नुपर्नेछ, जसमा ४ विदेशी खेलाडी पर्नछन्।

२ करोड क्याटेगरीमा धेरै रिलिज खेलाडी पनि

धेरै खेलाडी जसलाई हालसालै टोलीहरूले रिलिज गरेका थिए, उनीहरूले पनि आफूलाई २ करोडको आधार मूल्यमा राखेका छन्।

यसमा चेन्नईका पथिराना पनि परेका छन्, जसलाई चेन्नईले गत वर्ष १३ करोडमा रिटेन गरेको थियो, तर चोटका कारण उनले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

त्यसैगरी इंग्ल्यान्डका लियम लिभिङ्गस्टनलाई आरसीबीले गत मेगा अक्सनमा ८.७५ करोडमा लिएको थियो, तर एक सिजनपछि नै रिलिज गरियो।

भारतीय खेलाडीहरूमध्ये वेंकटेश अय्यर र रवी बिश्नोई पनि २ करोड क्याटेगरीमा छन्। लखनउले बिश्नोईलाई गत वर्ष ११ करोडमा रिटेन गरेको थियो, तर लगातार कमजोर प्रदर्शनका कारण यसपालि रिलिज गरियो।

ग्लेन म्याक्सवेल समावेश छैनन्

२ करोडको सूचीमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेलको नाम छैन। उनलाई गत वर्ष पंजाब किंग्सले ४.२ करोडमा किनेको थियो, तर ३७ वर्षीय म्याक्सवेल यस सिजनअघि नै औंलाको चोटका कारण बाहिरिएका थिए। उनको ठाउँमा पञ्जावले माइकल ओवेनलाई टोलीमा राखेको छ, जसलाई यस वर्ष रिटेन गरिएको छ।

मोइन अलीले पिएसएल खेल्ने

इंग्ल्यान्डका मोइन अलिले फाफ डु प्लेसिसझैँ आईपीएल २०२६ मा खेल्नुभन्दापनि पिएसएल खेल्ने निर्णय गरेका छन्। मोइन २०१८ देखि आईपीएल खेल्दै आएका थिए र चेन्नईसँग २ उपाधि जितेका थिए।

पञ्जावका विकेटकिपर जोश इङ्ग्लिस पनि अक्सन सूचीमा छन्। उनले टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए, तर व्यक्तिगत कारणले उनी २०२६ को पूरै सिजन उपलब्ध हुने छैनन्। आईपीएलले फ्रेन्चाइजीलाइ जानकारी दिएको छ कि इङ्ग्लिसको उपलब्धता केवल २५ प्रतिशत मात्र रहनेछ।

अब फ्रेन्चाइजिहरूले बनाउनेछन् छोटो सूची

आईपीएलले सबै फ्रेन्चाइजीलाइ ५ डिसेम्बरसम्म आफ्नो मनपर्ने खेलाडीहरूको शर्टलिस्ट पठाउन भनेको छ। त्यसपछि लामो सूचीलाई छोट्याएर अन्तिम अक्सन सूची जारी गरिनेछ।




भर्खरै