२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

नेपाल–चीनबीच सांस्कृतिक सहकार्य विस्तार गर्ने सहमति, परम्परागत कला र पर्यटन प्रवर्द्धनमा जोड

नेपाल–चीनबीच सांस्कृतिक सहकार्य विस्तार गर्ने सहमति, परम्परागत कला र पर्यटन प्रवर्द्धनमा जोड
अ अ+ अ-

काठमाडौं । नेपाल सांस्कृतिक संस्थान र चीनको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गतको चाइना एनिमेसन आर्ट ट्रुपको युवा चिनियाँ परम्परागत संगीत अर्केस्ट्रा संघबीच सांस्कृतिक सहकार्य तथा अनुभव आदानप्रदानलाई विस्तार गर्ने विषयमा छलफल भएको छ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन र चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङ तथा जनवादी गणतन्त्र चीनको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गतको चाइना एनिमेसन आर्ट ट्रुपको युवा चिनियाँ परम्परागत संगीत अर्केस्ट्राका प्रमुख याङ लिबीच भएको भेटवार्तामा आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा सहमति भएको हो।

भेटमा महाप्रबन्धक पुनले नेपाल र चीनबीचको सांस्कृतिक सहकार्यले सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले दुवै देशका कतिपय परम्परागत सांस्कृतिक गतिविधि समान प्रकृतिका रहेकाले संयुक्त कार्यक्रम, अनुभव आदानप्रदान तथा अनुसन्धानका क्षेत्रमा सहकार्यको पर्याप्त सम्भावना रहेको बताउनुभयो।

उहाँले ६७ वर्षदेखि क्रियाशील नेपाल सांस्कृतिक संस्थानले नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर काम गरिरहेको जानकारी गराउँदै संस्कृति र प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा सांस्कृतिक पर्यटन विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो।

महाप्रबन्धक पुनले रैथाने खानासहित विभिन्न जातजातिका मौलिक संस्कृति र परम्पराको प्रदर्शनमार्फत रोजगारी सिर्जना तथा आर्थिक समृद्धिको आधार निर्माण गर्ने दिशामा संस्थानले काम गरिरहेको पनि बताउनुभयो।

भेटका क्रममा मास्टर कङ र याङ लिले आगामी दिनमा नेपाल सांस्कृतिक संस्थानसँग सांस्कृतिक आदानप्रदान, प्रशिक्षण, संयुक्त कार्यक्रम तथा अन्य सहकार्यका क्षेत्रमा काम गर्न आफ्नो संस्था तयार रहेको जानकारी गराउनुभयो।

भेटवार्तामा काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनका अध्यक्ष अभिषेकविक्रम शाहसहित दुवै पक्षका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनले आगामी अक्टोबर २ देखि ७ गतेसम्म काठमाडौंमा प्रथम नेपाल पृथ्वीनारायण अन्तर्राष्ट्रिय परम्परागत आर्चरी प्रतियोगिता आयोजना गर्दैछ। उक्त प्रतियोगिताको तयारीका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको जनाइएको छ।