११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परे युवराज सफल



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल तथा विभिन्न मिडियामार्फत तथ्यहीन अभिव्यक्ति, गाली गलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे नकारात्मक, अपशब्दयुक्त तथा बेइज्जतीपूर्ण सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेका थिए।

उनले विभिन्न मुद्दामा रकम लेनदेन गरेर फिर्ता लिने गरेको भनी झूटा आरोप लगाउँदै भिडिओ बनाएको र अन्तर्वार्तामार्फत पनि तथ्यहीन आरोप लगाएको पाइएको प्रहरीले जनाएको छ।

महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार प्राप्त भएपछि गरिएको अनुसन्धानका क्रममा सफल (पौडेल)ले तथ्यहीन कुरा सार्वजनिक गरेको देखिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका सफललाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।