३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गृहमन्त्री अर्यालद्वारा काठमाडौँका कारागारहरूको निरीक्षणः कारागारको सुधारका लागि निर्देशन

गृहमन्त्री अर्यालद्वारा काठमाडौँका कारागारहरूको निरीक्षणः कारागारको सुधारका लागि निर्देशन
file photo
अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गर्नुभयो ।

गृहसचिव, गृहमन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुग्नुभएका मन्त्री अर्यालले दुई कारागार कार्यालयहरू र एक कारागार अस्पतालको निरीक्षणको क्रममा कारागारहरू र अस्पतालको वस्तुस्थितिबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिनुभएको हो ।

मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधारगृहको निरीक्षण गर्नु भई त्यहाँ राखिएका कैदीबन्दीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासाहरूबारे जानकारी लिनुभयो । त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरूमा पुगी त्यहाँ राखिएका बन्दीहरूसँग समेत भेटघाट गर्नुभई राज्यका तर्फबाट बन्दीहरूलाई उपलब्ध गराइएका सुविधा प्राप्तिको अवस्थाबारे चासो व्यक्त गर्नुभयो ।

निरीक्षणको क्रममा सम्बन्धित कारागारका प्रशासकहरूले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरूको सङ्ख्यालगायतबारे मन्त्री अर्याललाई जानकारी गराउनुभयो । मन्त्री अर्यालले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरूको सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्नु भई उनीहरूको सजाय भुक्तानका सम्बन्धमा कानुनअनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले कारागारहरूको निरीक्षणपश्चात् बन्दीगृहमा मानवअधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो ।

त्यस्तै मन्त्री अर्यालले कारागार कार्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भई कारागार व्यवस्थापन विभागमार्फत कारागार कार्यालयहरूको सुधारको मार्गचित्र यथाशीघ्र मन्त्रालयमा पेस गर्न सम्बन्धित कारागार प्रशासकहरूलाई निर्देशन दिनुभयो ।

केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी मन्त्री अर्यालले अस्पतालमा उपचाररत बन्दीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।