२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल

अधिकांश जग्गा तीन जनाका नाममा

अधिकांश जग्गा तीन जनाका नाममा
अ अ+ अ-

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

सीआईबी उच्च स्रोतका अनुसार हिनामिना भएको सरकारी जग्गामध्ये सबैभन्दा बढी मीनबहादुर गुरुङका नाममा रहेको पाइएको छ । भाटभटेनी सुपरमार्केट्सका सञ्चालक गुरुङसँग मात्र ३६ रोपनी जग्गा रहेको पाइएको सीआईबीका उच्च अधिकारीले बताउनुभयो ।

त्यस्तै, डिल्लीबजार मालपोतका तत्कालीन लेखनदास रामकुमार सुवेदी दम्पती र शोभाकान्त ढकालको संयुक्त नाममा २३ रोपनी जग्गा रहेको खुलेको छ । शोभाकान्त ढकालले अन्य व्यक्तिसँगको नाममा समेत जग्गा राखेको हुन सक्ने शङ्का ब्युरोले गरेको छ । ब्युरोको बयानमा सुवेदी दम्पती र ढकालले ललितानिवासको जग्गा विभिन्न मोहीसँग किनेको दाबी गरेका छन् ।

सीआईबीका अनुसार ललितानिवासको सरकारी जग्गाको ठूलो हिस्सा कैलाश गोयल, श्रवण गोयल र शिवरतन शारडाको नाममा पनि पाइएको छ । मारवाडी सेवा समितिका अध्यक्षसमेत रहेका कैलाशको नाममा रहेको ‘डीएफएल डेभलपर’ कम्पनीको नाममा ललितानिवासको १६ रोपनी जग्गा रहेको खुलेको छ ।

ललितानिवासको सरकारी जग्गामध्ये सुवेदी–ढकाल, गुरुङ र गोलयको नाममा मात्र ७५ रोपनीभन्दा बढी जग्गा रहेको खुलेपछि ब्युरोले उनीहरूमाथि थप निगरानी बढाएको छ । सीआईबीको पछिल्लो अनुसन्धानअनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १४३ रोपनी जग्गा किर्ते गरेको खुलेको छ । सरकारी जग्गा किर्ते गरी बिचौलियाले जग्गाको कित्ताकाट गरी बाटोसमेत विस्तार गरेका थिए । बाटोले चर्चेको जग्गाबाहेक १२६ रोपनी जग्गा हिनामिना भएको खुलेको छ ।

तीन सयभन्दा बढीमाथि अनुसन्धान

२०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकले ललितानिवास सरकारी जग्गा हिनामिनाको अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निर्णय गरेको थियो । ब्युरोले झन्डै तीन वर्षमा सरकारी जग्गा हिनामिनामा जोडिएका ३०० बढीमाथि अनुसन्धान गरेको जनाएको छ ।

सीआईबीले तयार पारेको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलगायत, विभागीय कर्मचारीको मिलेमतोमा सरकारी जग्गा हिनामिना भएको उल्लेख छ । ब्युरोको उक्त प्रतिवेदनमा १७५ जनाभन्दा बढी नामसमेत किटान गरिएको थियो ।

ललितानिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँदै छ । सो हद–म्यादभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउनेगरी ब्युरोले अन्तिम तयारी गरिरहेको छ । सरकारी जग्गा किर्तेमा संलग्नमाथि थप अनुसन्धानका लागि सीआईबीले सम्पत्ति शुद्धीकरण विभागलाई समेत पत्राचार गरेको छ ।

दुई सयभन्दा बढीलाई पक्राउ पुर्जी

ललितानिवासको सरकारी जग्गा हिनामिनामा जोडिएका दुई सय २० जनाभन्दा बढी माथि काठमाडौँ जिल्ला अदातलबाट पक्राउ पुर्जी जारी भई अनुसन्धान भइरहेको छ । सुवेदी दम्पती र शोभाकान्त ढकालको पछिल्लो बयानपछि सो प्रकरणमा जोडिएका १२० जना माथि ब्युरोले अदालतबाट पक्राउ पुर्जी अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

ब्युरो उच्च स्रोतका अनुसार पछिल्लो पक्राउ पुर्जी जारी भएकामा गुठी संस्थानका पूर्वअधिकारी, तत्कालीन विभागीय कर्मचारी, सरकारी जग्गा किर्तेमा संलग्न तथा सहयोग गर्ने तत्कालीन कर्मचारीसमेत छन् । त्यस्तै, सरकारी जग्गा किनबेचमा साक्षी बसेका तथा बिचौलियासमेत अनुसन्धानमा तानिएका छन् ।

सीआईबीको अनुसन्धानमा ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चार पटक सरकारी कागजात किर्ते गरेर बिचौलियाले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको ब्युरोको अनुसन्धानबाट खुलेको गोरखापत्रमा खबर छ ।