काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब तत्काल निकासा गर्न निर्देशन दिनुभएको छ ।
दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी सामाजिक संञ्जाल मार्फत दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ-
‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ।’










