२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

सभामुखसँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचिबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सभामुखसँग कार्यसूचिको बारेमा छलफल भएको र १५ दिनको कार्यसूचि तयार पारेको जानकारी दिनुभयो ।

सभामुखसँगकै छलफलका क्रममा रास्वपालाई संसदको गतिविधिमा सहभागी हुन आग्रह गरेको बताउनु भयो । संसदले बैठक बहिष्कार गर्दा पनि रास्वपा सांसदहरुलाई भत्ता दिइरहेको भन्दै नैतिकता देखाउन पनि संसदीय गतिविधिमा सरिक हुन आग्रह गरिएको बताउनु भयो ।  संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु दायित्व र जिम्मेवारी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कार्यसूचिको विषयमा छलफल भएको हो । भदौको कार्यसूचि बनेको थिएन । १५ दिनको कार्यसूचि तयार पारेका छौँ । संसद ४ गतेबाट शुरु हुन्छ । उहाँहरुलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरिएको छ । अब संसदको सदस्य भइसकेपछि दायित्व र जिम्मेवारी पनि हो ।’

संसदीय गतिविधिमा नैतिक जिम्मेवारी लिएर पनि भाग लिन आग्रह गरेको बताउनु भयो ।