२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ छः सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराउनु भयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताउनु भयो ।

मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु र अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ रहेको रहेको उल्लेख गर्नुभयो । मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्यलाई पनि म राख्न चाहन्छु । नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ छ । संविधान संशोधन गरेर मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु नै अझै समावेशी लोकतान्त्रिक बनाउन काँग्रेस दृढ रहेको छ । मगर लगायत आदिवासी समुदायको प्रचारजन्य परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार छ ।’

सभापति देउवाले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न आदिवासी समुदायसँग नेपाली काँग्रेसले सहकार्य गर्ने बताउनु भयो ।