१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको भूमि फिर्ता ल्याउन गरिएको प्रयास कसैको बिरुद्ध होइन – विष्णुप्रसाद  पौडेल



अ+ अ-

काठमाडौं । नेकपा महासचिव एवं सांसद विष्णुप्रसाद  पौडेलले  नेपालको भूमि फिर्ता ल्याउन गरिएको प्रयास कसैको बिरुद्ध नभएको स्पष्ट पार्नुभएको छ । 

शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव माथिको छलफलमा भाग लिँदै उहाँले भूगोलको आधारमा मुलुक ठूलो र सानो नहुने भन्दै भारतसँग सम्बन्ध विगार्न  नभै नयाँ उचाईको सम्बन्ध कायम गर्न यो निर्णयले सहज हुने बताउनु भयो । 

सांसद पौडेलले  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा हक स्थापित गर्छाैं भन्दै गर्दा  अनेका आशंका उब्जिएको स्मरण गर्दै  आशंकाको जवाफ व्यवहारबाट दिने हिसाबले  काम गरिरहेको स्पष्ट पार्नुभयो ।  उहाँले यो  निर्णय कसैको बिरुद्धको नभएको उल्लेख गर्दै  नेपालको यो निर्णयले भारतसँगको सम्बन्ध बिग्रने छ भन्ने कोणबाट टिप्पणी  गलत भएको बताउनु भयो ।  

नेपाल र नेपालीको पक्षमा गरिएको निर्णयलाई लिएर कसैले पनि लधुताभाष राख्न जरुरी नरहेको भन्दै सांसद पौडेलले हाम्रो भूमिमा हाम्रो अधिकार स्थापित गरेर जाँदा दुई छिमेकी देशसँग सम्बन्ध राम्रो हुने स्पष्ट पार्नुभयो । 

उहाँले यो ऐतिहासिक कार्यका लागि प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार र र सम्पूर्ण राजनीतिक दल र आम नागरिकलाई बधाई तथा शुभकामना समेत दिनुभयो ।