२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको भूमि फिर्ता ल्याउन गरिएको प्रयास कसैको बिरुद्ध होइन – विष्णुप्रसाद  पौडेल



अ+ अ-

काठमाडौं । नेकपा महासचिव एवं सांसद विष्णुप्रसाद  पौडेलले  नेपालको भूमि फिर्ता ल्याउन गरिएको प्रयास कसैको बिरुद्ध नभएको स्पष्ट पार्नुभएको छ । 

शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव माथिको छलफलमा भाग लिँदै उहाँले भूगोलको आधारमा मुलुक ठूलो र सानो नहुने भन्दै भारतसँग सम्बन्ध विगार्न  नभै नयाँ उचाईको सम्बन्ध कायम गर्न यो निर्णयले सहज हुने बताउनु भयो । 

सांसद पौडेलले  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा हक स्थापित गर्छाैं भन्दै गर्दा  अनेका आशंका उब्जिएको स्मरण गर्दै  आशंकाको जवाफ व्यवहारबाट दिने हिसाबले  काम गरिरहेको स्पष्ट पार्नुभयो ।  उहाँले यो  निर्णय कसैको बिरुद्धको नभएको उल्लेख गर्दै  नेपालको यो निर्णयले भारतसँगको सम्बन्ध बिग्रने छ भन्ने कोणबाट टिप्पणी  गलत भएको बताउनु भयो ।  

नेपाल र नेपालीको पक्षमा गरिएको निर्णयलाई लिएर कसैले पनि लधुताभाष राख्न जरुरी नरहेको भन्दै सांसद पौडेलले हाम्रो भूमिमा हाम्रो अधिकार स्थापित गरेर जाँदा दुई छिमेकी देशसँग सम्बन्ध राम्रो हुने स्पष्ट पार्नुभयो । 

उहाँले यो ऐतिहासिक कार्यका लागि प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार र र सम्पूर्ण राजनीतिक दल र आम नागरिकलाई बधाई तथा शुभकामना समेत दिनुभयो ।