२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको निर्णयले सम्पूर्ण नेपालीहरु गौरवान्वित भएका छन् : रावल



अ+ अ-

काठमाडौं । नेकपा सांसद डा भीम रावलले अतिक्रमित भूमि नेपालको नक्सामा समेट्न सरकार सफल भएपनि व्यवहारिक रुपमा भूमि फिर्ता गर्न केही चुनौतीहरु रहेको बताउनुभएको छ   । 

संसदमा बोल्दै नेता रावलले सरकारको निर्णयले सम्पूर्ण नेपालीहरु गौरवान्वित भएको उल्लेख गर्दै उहाँले कालापानी क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति गराउन, भारतीय सेनालाई तत्काल फिर्ता पठाउन चुनौती भएपनि कुशल रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले असल छिमेकीसँग कुनै मतभेद र विवाद नगरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

संविधान संशोधनका लागि भएको राष्ट्रिय एकतापछि कुनै पनि मित्र राष्ट्रले नेपालको आत्मनिर्णयको अधिकारमा कहिले पनि हस्तक्षेप गर्ने आँट नगर्ने बताउनुभयो ।