१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय भूमि नेपालले आफ्नाे नयाँ नक्साभित्र राखेकाे भारतकाे दाबी



अ+ अ-

काठमाडाैंः नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई समावेश गरेको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधनप्रति भारतले पुनः असहमति जनाएको छ । सीमा विवादलाई वार्ताबाट हल गर्ने दुबै देशबीचकाे समझदारीको नेपालले उल्लघंन गरेको भारतले प्रतिक्रिया दिएको छ ।

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुइ तिहाइभन्दा बढी मतले पारित गरेलगत्तै भारतीय विदेश मन्त्रालयका तर्फबाट त्यस्तो प्रतिक्रिया आएको हो । ‘नेपालको संसदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी कृत्रिम तरिकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले उक्त नक्सा मान्य नभएको समेत भारतको भनाइ छ । ‘ऐतिहासिक तथ्य र प्रमाणबिना कृत्रिम तरिकाले भूभागको विस्तार गर्नु मान्य छैन,’ श्रीवास्तवले भनेका छन् ।