२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द हुनुपर्छ : नेविसंघ



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो । सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबट आगामी शैक्षिक सञको पठनपाठान सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिकको निःशूल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो । नेविसंघले पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्याललका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ । यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा नीजि विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताउनुभयो । 

नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनका अधारमा गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएक कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताउनुभयो ।