१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलबाट गाडी खस्दा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु



अ+ अ-

काठमाडौं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

आइतबार बर्दघाट नगरपालिका वडा नम्बर-४ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियोमा दुर्घटना हुँदा अध्यक्ष शर्माको मृत्यु भएको हो । घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरी चिसापानी अस्पताल ल्याइए पनि अध्यक्ष शर्माको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।  

दुर्घटना हुँदा अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए। घाइते राजभरलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। गाउँपालिकाबाट बुटवलतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।