२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजारभन्दा बढीको मृत्यु



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । 

दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

यो तथ्यांक पनि दैनिक सङ्क्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख २० हजार ९२२ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ । 

देशभरी कुल सङ्क्रमितमध्ये एक लाख ४९ हजार ३४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३७९ जना सङ्क्रमण मुक्त भएका छन् । 

सबैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५६८ जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६८७ जना र तेस्रो धेरै सङ्क्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९५८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।