५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक

हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक
अ+ अ-

काठमाडौँ। हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ ।

स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो ।

त्यस अवसरमा तत्कालीन प्रमुख प्रशासक श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमुना संस्थाका रूपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताउनुभयो । हाल देशकै अग्रणी हवाई कम्पनीका रुपमा स्थापित बुद्ध एयरको सुरुआती सञ्चालनमा वित्तीय स्रोतको भूमिका निर्वाह गर्ने अवसर पाउनु आफ्ना लागि पनि महत्वपूर्ण अवसर भएको उहाँले उल्लेख गर्नुभयो ।

हिमालयन बैंकका सिइओ जबराले हवाई उद्योगको नमुना संस्थाका रूपमा रहेको बुद्धएयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताउनुभयो । लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताउनुभयो । “यो पुस्तकको अर्थ नियमसङ्गत हो ।

बुद्धएयर सुरुआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ”, उहाँले भन्नुभयो, “हवाई उद्योग असाध्यै जोखिमपूर्ण उद्योग हो, विभिन्न बाधाव्यवधान र कठिनाइ आउँछन् तिनलाई कत्ति पनि हरेस नखाई कसरी समाधान र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पुस्तकमा उल्लेख छ ।”

बस्नेतले आमनेपाली उद्योग व्यवसाय र व्यवस्थापनमा लागेकाहरूका लागि पुस्तक केही सिक्ने सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास व्यक्त गर्नुभयो । “पुस्तकमा बुद्ध एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्त समेटिएका छन् । देशमा केही भएन र हुँदैन भन्नेहरूका लागि बाइ द बुकले केही आशाको सञ्चार गराउने छ र अस्तित्वको आत्मबोध गराउने छ । एउटा संस्थाको कुशल व्यवस्थापन र सफल व्यक्तिको जिम्मेवारी र उसको सफल नेतृत्वदायी भूमिकाका बारेमा पुस्तकले बोलेको छ”, उहाँले भन्नुभयो ।

सन् १९९७ मा ४ जनाबाट सुरू भएको बुद्ध एयरमा हाल एक हजार ५०० भन्दाबढीले रोजगारी एको छन् । बीचक्राफ्ट १९०० डी र सी जहाजबाट सेवा सुरु गरेको बुद्धएयरले एटिआर–४२ हुँदै हाल एटिआर–७२ जहाजमार्फत सेवा दिइरहेको छ । बुद्धएयरसँग हाल १८ थान एटिआर जहाज रहेका र देशका ४० भन्दाबढी हवाई गन्तव्यमा उडान गरी हालसम्म दुई करोडभन्दा बढीलाई हवाई सेवा दिइसकेको त्यस अवसरमा जानकारी दिइयो । रासस