१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र



अ+ अ-

काठमाडौं । गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् । नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ मार्फत प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई फिल्म हेराएको जनाएका छन् ।

सोमबार दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युएफएक्समा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका तीन सय ६० विद्यार्थीले फिल्म हेरेका थिए । यस्तै, रिलिजको दोस्रो दिनदेखि देशभरमा सहरहरूमा पनि विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई यो चलचित्र देखाइरहेको निर्देशक मिलन चाम्सले बताए ।

‘अञ्जिला’ हेर्न  कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई विभिन्न विद्यालयहरूले पठाइरहेका छन् ।डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलले विद्यार्थीहरूलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले चलचित्र देखाएको बताए । “यो चलचित्र हेरेर हाम्रो विद्यार्थीहरूले ‘नेभर गिभ अप’ भन्ने सिकेका छन् । मैले आफैँले हेर्दा पनि मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवनलाई बुझ्न पाएँ,” उनले बताए ।

यो चलचित्रले सङ्घर्ष, निरन्तरता र सफलता सिकाउने भएका कारण विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले नै ‘अञ्जिला’ देखाइरहेको विद्यालयहरूले जनाएका छन् । निर्देशक चाम्सले यस चलचित्रको सन्देश नै सङ्घर्षले दिएको सफलता दीर्घायु हुन्छ भन्ने रहेको बताउँदै विभिन्न विद्यालयहरूलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरे ।

चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले ‘अञ्जिला’ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने बताए । उनले चलचित्रबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

‘अञ्जिला’ले पहिलो तीन दिनमा २ करोड ७ लाख ग्रस कलेक्सन गरेको जनाइएको छ ।




भर्खरै