१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको निर्देशनमा मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ। संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र बनाइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, सार्वजनिक सुरक्षा सुनिश्चित गर्न तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले ड्रोनमार्फत निगरानी बढाइएको हो।

सुरक्षा निकायले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने स्पष्ट गरेको छ।

प्रशासनले नागरिकलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा भ्रामक सूचना, अफवाह वा उक्साहटमा नलाग्न आग्रह गरेको छ। साथै, शान्ति–सुरक्षामा सहयोग गर्न र कुनै पनि शंकास्पद गतिविधिको जानकारी तत्काल सुरक्षा निकायलाई उपलब्ध गराउन पनि अनुरोध गरिएको छ।