७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता
अ+ अ-

काठमाडौँ । मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८३ संघीय संसद्मा दर्ता भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गर्नुभएको हो। संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य शिक्षा, अध्ययन तथा अनुसन्धानको विस्तार र सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले विधेयक तर्जुमा गरिएको मन्त्री मेहताले बताउनुभएको छ।

संघीय संरचनाअनुसार स्वास्थ्य क्षेत्रमा सन्तुलित विकास गर्न अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनमा रहेकाले मधेश प्रदेशमा पनि त्यस्तो प्रतिष्ठान स्थापना गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।

प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि यसअघि नै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भई पूर्वाधार विकासको कामसमेत अघि बढिरहेको छ।

विधेयकमा प्रतिष्ठानको केन्द्रीय कार्यालय सप्तरीको राजविराज नगरपालिकामा रहने प्रस्ताव गरिएको छ। प्रतिष्ठान स्वशासित संस्था हुने तथा अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संस्थाका रूपमा कानुनी व्यक्तित्व प्राप्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ।

त्यसैगरी विधेयकमा प्रतिष्ठानको स्थापना तथा स्वरूप, पदाधिकारी, सभा, कार्यकारी परिषद् र प्राज्ञिक परिषद्को गठन तथा तिनका काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।

मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय शिक्षा तथा अनुसन्धानको विकास, आवश्यक दक्ष जनशक्ति उत्पादन र सर्वसाधारणलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कानुनी आधार तयार गर्न विधेयक दर्ता गरिएको मन्त्रालयले जनाएको छ।