७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता
अ+ अ-

काठमाडौं । भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । बाढीबाट ऊर्जा क्षेत्रमा मात्रै करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट ऊर्जा क्षेत्रको मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार विपद्मा परी नेपाल विद्युत प्राधिकरणका ४७ जनासहित ८ सयभन्दा बढी कर्मचारी तथा कामदार बेपत्ता छन् ।

मन्त्री श्रेष्ठका अनुसार माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए, रसुवागढीलगायत विभिन्न जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । खोज तथा उद्धारका क्रममा केही व्यक्तिको सकुशल उद्धार भए पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो ।

बाढीबाट ११ वटा जलविद्युत केन्द्र बन्द हुँदा राष्ट्रिय प्रसारण प्रणालीबाट ४१० मेगावाट विद्युत बाहिरिएको छ । त्यस्तै, निर्माणाधीन ६ वटा जलविद्युत आयोजनामा समेत गम्भीर क्षति पुगेको मन्त्रालयले जनाएको छ । सबस्टेसन तथा प्रसारण लाइनमा भएको क्षतिले राष्ट्रिय विद्युत् प्रणालीसमेत प्रभावित भएको छ ।

सिँचाइ तथा नदी नियन्त्रणका संरचनाको पुनःस्थापनाका लागि मात्रै थप करिब ५ अर्ब रुपैयाँ आवश्यक पर्ने मन्त्रालयको प्रारम्भिक आकलन छ ।

सरकारले बाढीमा बेपत्ता भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । त्यस्ता परिवारलाई ६ महिनासम्म आधा तलब उपलब्ध गराउने व्यवस्था पनि गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

बाढी प्रभावित विद्युत् ग्राहकका लागि न्यूनतम महसुल मिनाहा, निःशुल्क मिटर वितरण तथा विशेष सहुलियतको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको प्रयोग गरी दुर्गम तथा प्रभावित क्षेत्रमा सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो । रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा छोटो समयमै विद्युत् सेवा पुनः सञ्चालन गर्न सफल भएको दाबी गर्दै उहाँले विपद् व्यवस्थापन तथा खोज–उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र निजी क्षेत्रसँग समन्वय भइरहेको बताउनुभयो ।