७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
अ+ अ-

काठमाडौँ जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सुरु गरेको छ।

जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा सुरु भएको छ।

तालिमको पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। पहिलो समूहमा नारायणी अस्पताल, मधेश प्रदेश र प्रदेश अस्पताल, कर्णाली प्रदेशबाट चार–चार जना गरी आठ जना स्वास्थ्यकर्मी सहभागी छन्।

तालिममा शल्य चिकित्सक तथा सामान्य चिकित्सा विशेषज्ञसहित शल्यकक्ष, सघन उपचार कक्ष र आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मी सहभागी छन्। उनीहरूलाई जलन भएका बिरामीको आकस्मिक तथा शल्य उपचार, घाउको मूल्याङ्कन तथा व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, तरल पदार्थ व्यवस्थापन, संक्रमण नियन्त्रण, पोषण तथा दुखाइ व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइनेछ।

त्यस्तै, जलन उपचार कक्ष सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषयमा समेत प्रशिक्षण दिइने राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको २०८३ साउन ६ गतेको बैठकको निर्णयअनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। तालिमपछि सम्बन्धित अस्पतालमै जलन उपचार कक्ष तथा वार्ड स्थापना, विस्तार र सुदृढीकरण गरी विशिष्टीकृत सेवा प्रवाह गर्न आवश्यक जनशक्ति तयार हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यसअघि आधारभूत जलन उपचारसम्बन्धी ११ समूहमा १९९ जना र प्राथमिक जलन उपचारसम्बन्धी २३ समूहमा ३६४ जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको छ।

विशेषज्ञ जनशक्तिको विस्तारसँगै जलनका बिरामीलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्थालाई क्रमशः कम गर्दै सम्बन्धित अस्पतालबाटै विशिष्टीकृत जलन उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।