७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण

चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण
अ+ अ-

काठमाडौँ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि आवश्यक डीएनए परीक्षण उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ।

बुधवार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक उपकरण तथा सामग्री नास्टलाई हस्तान्तरण गर्नुभयो।

बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट मात्रै डीएनए नमुना परीक्षण गर्न कठिन भएपछि नास्टको प्रयोगशालाबाट समेत परीक्षणको काम भइरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार नास्टको प्रयोगशालाले हालसम्म करिब ८०७ वटा नमुना प्राप्त गरेको छ। नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उहाँले बताउनुभयो। बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि परीक्षणलाई तीव्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको उहाँको भनाइ छ।

पौडेलका अनुसार नास्टले प्राप्त नमुनाको डीएनए प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउँदै आएको छ। अन्तिम विश्लेषण तथा पहिचानका लागि आवश्यक डेटासँग मिलान गर्ने काम भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको सम्बन्धित फरेन्सिक संयन्त्रबाट हुने उहाँले स्पष्ट पार्नुभयो।

‘बाढीपछि बगाएका शवका डीएनए प्रोफाइलिङ गर्ने काम हामीले यहाँ गरेका छौँ। यसको वैधानिक जिम्मेवारी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबसँग हुन्छ,’ उहाँले भन्नुभयो, ‘दुईवटा ल्याबले मात्रै काम गर्न सम्भव नभएकाले नास्टले सहयोग गर्दा परीक्षणलाई छिटो अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले काम सुरु गरिएको हो।’

नास्टमा चीन सरकारको सहयोगमा प्राप्त उपकरणसहित अन्य स्रोतबाट उपलब्ध उपकरण प्रयोग भइरहेको र चिनियाँ विज्ञहरूले नेपाली वैज्ञानिकलाई तालिम तथा प्राविधिक सहयोग गरिरहेको उहाँले बताउनुभयो। यसबाट तत्कालीन डीएनए परीक्षणमा सहयोग पुग्नुका साथै नेपाली वैज्ञानिकको क्षमता विकासमा समेत योगदान पुगेको उहाँको भनाइ छ।

मानव अवशेषबाट डीएनए निकाल्ने प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन भइरहेको पौडेलले बताउनुभयो। चिनियाँ उपकरण तथा प्रविधिको प्रयोगले परीक्षण प्रक्रियालाई थप अनुकूलित गरी कामलाई तीव्र बनाउन सहयोग पुगेको उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आएका हड्डी, दाँतलगायत मानव अवशेषका नमुना तथा बेपत्ता व्यक्तिको पहिचानका लागि उत्खनन गरिएका नमुनामध्ये केही नास्टमा पठाइने गरिएको छ। नास्टले तयार गरेको तथ्यांक सम्बन्धित फरेन्सिक निकायलाई उपलब्ध गराउने र त्यसपछि ती निकायले आवश्यक डेटाबेससँग मिलान गरी पहिचानको प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पनि विदेशी विज्ञको प्राविधिक सहयोग रहेको पौडेलले बताउनुभयो।

उहाँका अनुसार नमुनाको संख्या घट्दै गएपछि नियमित फरेन्सिक परीक्षण भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबबाटै सञ्चालन गर्न सकिनेछ।