७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग

सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीलगायत मधेसका विभिन्न जिल्लामा उत्पन्न धार्मिक तथा जातीय तनाव तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ढुंगानाले सुनसरीको कप्तानगञ्जमा भएको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्नेबारे सरकारले सदनलाई स्पष्ट जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

सांसद ढुंगानाले गृहमन्त्री सुधन गुरुङले सुनसरीमा सातबुँदे सहमति गरेको जानकारी आफूले पाए पनि उक्त सहमति के उद्देश्यका लागि गरिएको हो भन्नेबारे सदनलाई जानकारी दिनुपर्ने बताउनुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले जातीय तथा धार्मिक सद्भाव खल्बलिने घटनाप्रति सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्रीले स्वयं अग्रसरता लिएर उत्पन्न तनाव समाधान गर्नुपर्नेमा वक्तव्य जारी गरेर मात्रै पन्छिन खोजेको आरोपसमेत उहाँले लगाउनुभयो ।

उहाँले कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्युको कारणबारे सरकारले सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभयो । प्रहरीको बल प्रयोगका कारण उनीहरूको मृत्यु भएको हो वा अन्य कारणले भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो ।

‘सुनसरीलगायत देशका विभिन्न स्थानमा गोली चलेको छ । यस विषयमा गृहमन्त्रीले आज सदनमा आएर जवाफ दिनुहोला भन्ने आशा गरेका थियौँ । तर गृहमन्त्रीजी हुनुहुन्न,’ उहाँले भन्नुभयो, ‘हामीले जानकारी पाएअनुसार उहाँले सुनसरीमा सातबुँदे सहमति गर्नुभएको छ । तर त्यो वार्ता र सहमति के गर्नका लागि हो ? हामीलाई थाहा छैन ।’

उहाँले धार्मिक तथा जातीय तनावको अवस्था चार दिनसम्म रहँदा सरकार कहाँ थियो भन्ने प्रश्नसमेत गर्नुभयो । ‘देशमा धार्मिक आगो सल्किएको चार दिनसम्म सरकार कहाँ थियो, ठेगान छैन,’ उहाँले भन्नुभयो ।

सांसद ढुंगानाले प्रधानमन्त्रीले तत्काल अग्रसरता लिएर तनाव समाधान गर्नुपर्ने र पीडित परिवार तथा प्रभावित समुदायलाई न्यायको अनुभूति हुने गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।