७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग

मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग
अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री र मधेस केन्द्रित दलहरूबीच सुनसरीबाट शुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको पछिल्लो हिंसात्मक घटनाका विषयमा सिंहदरबारमा छलफल भएको छ ।

शुक्रवार भएको उक्त छलफलमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले घटनाको शान्तिपूर्ण समाधान र दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई ‘र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग गर्नुभएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले प्रधानमन्त्रीले मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको बताउनु भयो ।

उहाँले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको समाधानका लागि संघीयता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । अध्यक्ष राउतले यस्ता घटनाहरूलाई छिटपुट रूपमा मात्र नलिन आग्रह गर्दै प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्थायी ‘र्‍याट्स’ टिम गठन गर्न सुझाव दिनुभयो । उहाँले कुनैपनि अप्रिय घटना भए वार्ता र सम्झौतामार्फत तीन घण्टाभित्रै समस्या समाधान गरी शव व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

शवलाई लामो समयसम्म राख्दा समस्या थप विकराल बन्ने उहाँको तर्क छ । यसका साथै, हरेक जिल्लामा सबै धर्मका गुरु र धार्मिक अभियन्ताहरू सम्मिलित ‘अन्तरधार्मिक काउन्सिल’ गठन गरी मासिक रूपमा बैठक बस्नुपर्ने प्रश्ताव उहाँले राख्नुभएको छ । यस्तो संयन्त्रले समुदायमा सौहार्दपूर्ण वातावरण निर्माण गर्न र गलत क्रियाकलापलाई निरुत्साहित गर्न ’प्रिभेन्सन मेजर’ (रोकथामका उपाय) का रूपमा काम गर्ने राउतको विश्वास छ । सुरक्षा निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै डा. राउतले प्रहरीलाई धार्मिक संवेदनशीलताका विषयमा ‘रिट्रेनिङ’ (पुनर्तालिम) दिनुपर्ने माग गर्नुभयो ।

केही स्थानमा सुरक्षाकर्मीहरूको आक्रोशपूर्ण व्यवहारले हिंसा बढाएको भन्दै उहाँले सुरक्षा संयन्त्र वा सरकारी निकायको कतै न कतै कमजोरी वा संलग्नता हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।

अध्यक्ष राउतले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र प्रदेश प्रहरीको व्यवस्था गर्न ढिलाइ भएकाले पनि यस्ता समस्याहरू बल्झिएको बताउनु भयो । स्थानीय भाषा र सामाजिक अवस्था बुझ्ने प्रदेश प्रहरी भएको भए समस्या प्रधानमन्त्री कार्यालयसम्म आउनु नपर्ने उहाँको दाबी छ । उहाँले नेपाली सेनालाई थप समावेशी बनाउनुपर्नेमा जोड दिँदै स्थानीय भाषा बुझ्ने सुरक्षाकर्मी परिचालन गरेमा भीड नियन्त्रण सहज हुने उल्लेख गर्नुभयो । आफ्नो पार्टी सरकारलाई असफल बनाउने पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष राउतले सरकारलाई सचेत गराउन र देशमा शान्ति सुव्यवस्था कायम गर्न रचनात्मक भुमिका निर्वाह गरिरहेको बताउनु भयो