११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल



अ+ अ-

काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपालमा व्यावसायिक र विशिष्टीकृत अदालती रिपोर्टिङको आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रवार सर्वोच्च अदालतमा आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाको गरिमा र कानूनी जटिलतालाई बुझेर गरिने रिपोर्टिङले मात्र लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभएको हो ।

न्यायाधीश फुयाँलले हाल मूलधारका सञ्चारमाध्यमले गर्ने रिपोर्टिङमा संस्थागत वैचारिक झुकाव (इन्क्लिनेसन) देखिने गरेको र त्यसले अदालतको वास्तविक छविमा असर पु¥याउने गरेको बताउनु भयो । अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै उहाँले भारतका ‘लाइभ ल’ र ‘बार एण्ड बेन्च’ जस्ता सञ्चार माध्यमहरूले केवल न्यायपालिका र कानूनी क्षेत्रका समाचार मात्र संप्रेषण गर्ने गरेको उल्लेख गर्नुभयो । नेपालमा पनि त्यस्तै विशिष्टीकृत पोर्टलहरूको आवश्यकता रहेको र त्यस्ता माध्यममा कानुनी क्षेत्रमै अभ्यस्त भएका व्यक्तिहरूले रिपोर्टिङ गर्दा सूचनाको आधिकारिकता बढ्ने उहाँको तर्क छ ।

डिजिटल क्षेत्र र सामाजिक सञ्चालको बढ्दो प्रभावका कारण नेपालको अदालती रिपोर्टिङ पनि ढिलोचाँडो विशेषज्ञता र विशिष्टीकरणको दिशामा अगाडि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । अदालतले पनि पत्रकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको कानूनी र न्यायिक रिपोर्टिङको अभ्यासका बारेमा जानकारी गराउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । –