८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday

26.54°C

काठमाडौं

26.54°C

Kathmandu

Feels-like: 26.54

Wind: 4.63

Humidity: 13

Latest
खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरु- फोटो फिचर आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ विद्युत् आपूर्ति निरन्तर गर्न भारतसंग पहल गरेको छु: परराष्ट्रमन्त्री राणा सिराहाका प्रजिअ मन्त्रालय तानिए विदेशमा रिलिजबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमले निकाल्यो विज्ञप्ति, इच्छुकलाई सम्पर्क गर्न आग्रह सुनको मूल्य तोलामा एक लाख ७५ हजार रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट डिस्चार्ज भए एआर रहमान



अ+ अ-

एजेन्सी । ओस्कार अवार्ड विजेता संगीतकार तथा गायक एआर रहमानको स्वास्थ्य आइतबार बिहान अचानक बिग्रिएको थियो ।

छातीमा गहिरो दुखाइ भएपछि उनलाई चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

आकस्मिक वार्डमा भर्ना भएका एआर रहमानलाई विशेषज्ञ चिकित्सकको टोलीको निरन्तर निगरानीमा राखिएको थियो ।

चेन्नईको अपोलो अस्पतालले एक विज्ञप्ती जारी गर्दै गायकलाई डिहाइड्रेसनको लक्षण देखिएको बताएको छ । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको हो ।

एआर रहमानको पारिवारिक स्रोतले उनी रमजानमा व्रत बसेकाले डिहाइड्रेसनको समस्या भएको बताएको थियो ।

एआर रहमानले २० नोभेम्बर २०२४ मा श्रीमती सायरासँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । यो जोडीले सन् १९९५ मा एरेन्ज विवाह गरेका थिए, जुन २९ वर्षपछि टुटेको थियो ।

यस विवाहबाट दम्पतीका तीन सन्तान छन् । सम्बन्धविच्छेदको घोषणा लगत्तै सायरा बानोको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो ।

रहमानले फिल्म ‘स्लमडग मिलियनेयर’को ‘जय हो’ गीतका लागि २ ओस्कार अवार्ड पाएका थिए । उनी २ ओस्कार जित्ने पहिलो र एकमात्र भारतीय हुन् । रहमानले २ वटा ग्रामी अवार्ड पनि जितिसकेका छन् ।