२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजीकरण विधेयक सार्वजनिक संस्थानहरुलाई कौडिको भाउमा बेच्न ल्याइएको होइनः अर्थमन्त्री पौडेल



photo: rss
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सरकारी प्रतिष्ठानहरुलाई नयाँ तरिकाले व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभोको बैठकमा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’माथिको सैद्धान्तिक छलफलका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले निजीकरण विधेयक विचौलियाको प्रभाव र सार्वजनिक संस्थानहरुलाई कौडिको भाउमा बेच्ने ध्ययले नल्याइएको उल्लेख गर्दै सांसदहरु भड्किन नहुने टिप्पणी गर्नुभयो । विधेयकको कुनैपनि प्रश्तावको विश्लेषण गर्दा त्यस्तो नदेखिने उहाँको जिकिर छ ।

नीजीकरण ऐनको प्रभावकारी कार्यान्वयन नभएको कारण सार्वजनिक प्रतिष्ठानहरु घाटामा गएको र रुग्ण भएको उल्लेख गर्दै त्यसको सुधारका लागि संशोधन विधेयक ल्याइएको दाबी गर्नुभयो ।

उहाँले ‘सार्वजनिक सम्पतीप्रति हामी सबैको त्यति नै माया छ । यसको संरक्षण गर्ने दायित्व हामी सबैको सरकारले यसको न्युन मूल्याङ्कन गर्छ भन्ने ठान्नु हुँदैन । नीजीकरण ऐन,२०५० लाई संशोधन गर्ने विधेयक चाहीँ आवश्यक भएरै ल्याएको हो । हाम्रो ऐनको प्रबन्ध र नियमावलीमा केही विरोधावास जस्तो थियो । हामीले कानूनमा व्यवस्था त गर्यौं तर कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेन ।

कानून बनेपछि कार्यान्वयन हुनुपर्छ । त्यसकारणले कानूनका उचित प्रबन्धहरुको प्रभावकारी कार्यान्वयन होस् त्यसका लागि आवश्यक संरचना होस् भनेर पनि यो विधेयक ल्याइएको हो । सार्वजनिक प्रतिष्ठानहरु हामीले किन स्थापना गर्यौं ? कि यो अहिले घाटामा गएको हो ?’

उहाँले घाटामा गएका र रुग्ण सार्वजनिक संस्थानहरुको प्रभावकारी व्यवस्थापन गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।