२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै

फेरियो जोमसोम विमानस्थलको फ्रन्ट स्वरूप

फेरियो जोमसोम विमानस्थलको फ्रन्ट स्वरूप
अ अ+ अ-

जोमसोम । हिमाली जिल्लामध्ये भौतिक पूर्वाधार पनि समृद्ध मुस्ताङको एकमात्र जोमसोम विमानस्थलको फ्रन्ट स्वरूपमा परिवर्तन आएको छ। विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसले बन्द जोमसोम विमानस्थलमा जोमसोम नागरिक उड्डयन कार्यालयले आतिथ्य र विमानस्थलको सौन्दर्यका लागि विभिन्न साजसज्जा गरिएको पाइएको छ। पोखरादेखि मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले जोमसोम विमानस्थलमा ओर्लिएपछि विमानस्थलको साविक स्वरूपभन्दा नयाँ अनुभूति गर्न सक्ने जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए। जोमसोम विमानस्थलमा ओर्लिएका पर्यटकले कालोपत्रे धावनमार्ग नजिकै ढुंगा र सिमेन्टले बनाइएको कलात्मक अक्षर वेलकम टू जोमसोम लेखिएको आकृति देख्न सक्नेछन्।

जसमा नेपालको राष्ट्रिय झन्डासहित विभिन्न रङका ७ वटा झन्डा राखिएको कार्यालय प्रमुख विकले बताए। अब कोरोना भाइरस सामान्य भई पोखरा–जोमसोम उडान सञ्चालन भएपछि विमानस्थल उत्रने पर्यटकले वेककम टू जोमसोम र ७ वटा झन्डाको ब्याकग्राउन्ड प्रोफाइल राखेर तस्बिर खिच्न मिल्ने व्यवस्था मिलाइएको छ। यस्तै विमानस्थलको उत्तरतर्फ आउने बाटोमा दुर्लभ हिमचितुवाको कलात्मक तस्बिर सजाइएको छ। हिमचितुवा हिमाली जिल्लाको महत्त्वपूर्ण वन्यजन्तु भएकाले यहाँको जैविक सम्पदाको परिचय प्रवाह गर्न विमानस्थलले सानो प्रयास गरेको कार्यालय प्रमुख विकको भनाइ छ।

कार्यालयले लकडाउनको अवस्थालाई सदुपयोग गर्दै विमानस्थलको आन्तरिक सजावटमा पहल गरेको जनाएको छ। यस्तै, कार्यालयले विमानस्थल कालोपत्रे धावनमार्ग मुख्यद्वार आसपास धुपीका रुखको कटिङ र साजसज्जा सहित त्यस आसपास दुबोसमेत लगाइएको छ।

जोमसोम नागरिक उड्डयन कार्यालयले लकडाउनको ४ महिने अवधिमा विमानस्थलको आन्तरिक सजावट सम्पन्न गरेको जनाएको छ। यसअघि जोमसोम विमानस्थलको स्तरोन्नति भई पूरै रनवे कालोपत्रे भएको थियो भने विमानस्थलमा ढल व्यवस्थापन गरिएको थियो। जोमसोम विमानस्थलमा नागरिक उड्डयन कार्यालयले गत वर्ष एक थान वारुणयन्त्रसमेत उपलब्ध गराइसकेको छ। अन्नपुर्णपोष्ट दैनिक