काठमाडौँ । च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई २४२ रनको लक्ष्य दिएको छ । पाकिस्तानका कप्तान रिजवानले टस जितेर ब्याटिङ रोजे ।
उसका लागि साउद शकीलले मात्र अर्धशतक बनाए । उनले ६२ रन बनाए र कप्तान मोहम्मद रिजवान (४६ रन)सँग १०४ रनको साझेदारी गरे ।
पाकिस्तान ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भयो । पाकिस्तानका ओपनर बाबर आजम (२३ रन) र इमाम उल हक (१० रन) ले राम्रो सुरुवात गर्न सकेनन् ।
तल्लो मध्यक्रम पनि भारतीय स्पिनरहरू विरुद्ध असफल भयो । भारतका लागि कुलदीप यादवले ३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट लिए । रविन्द्र जडेजा र अक्षर पटेलले १–१ सफलता हात पारे । २ ब्याट्सम्यान रनआउट भए ।










