८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य

मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
फाइल फोटो
अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवालाको एकीकृत प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय मानव बेचविखनविरूद्धको दिवस, २०२६ को अवसरमा आज आयोजित ‘मानव बेचविखन रोकथाम ः सबैको साझा जिम्मेवारी विषयक अन्तरक्रियामा उहाँले सङ्गठित अपराध तथा अन्तरराष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको मानव बेचविखन नियन्त्रणका लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाजलगायत सरोकारवालाबीचको सहकार्यमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले मानव बेचविखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र सङ्गठित अन्तरराष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने बताउनुभयो । “विगतको भन्दा पछिल्ला दिनमा मानव बेचविखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजात प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधि थप चुनौतीका रूपमा देखापरेको छ”, उहाँले भन्नुभयो ।

त्यस्ता चुनौतीलाई सम्बोधन गर्न सूचना सङ्कलन प्रणाली विस्तार, सीमा क्षेत्रमा निगरानी, जोखिममा रहेका यात्रुको ‘प्रोफाइलिङ’ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थामाथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखिएको महानिरीक्षक कार्कीको भनाइ छ ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यले पछिल्ला समय मानव बेचबिखनको आयाम बदलिँदै गइरहेको उल्लेख गर्दै यसखालको चुनौती सामान गर्न समाजका सबै पक्षलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवासन, मानव बेचविखन तथा ओसारपसार र मानव तस्करीको अवधारणा, विद्यमान अवस्था, चुनौती र सुझावसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा माइती नेपाल र नेपाल प्रहरीले तयार पारेको छुट्टाछुट्टै मानव बेचविखनसम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मानव बेचविखन नियन्त्रण, अनुसन्धान, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षा, अन्तरराष्ट्रिय समन्वय, मानव बेचबिखन न्यूनीकरणमा देखिएका समस्या र चुनौतीलगायत विषयमा बृहत अन्तरक्रिया एवं छलफल भएको थियो ।

प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचविखन विरूद्धको राष्ट्रिय सचेतना अभियान दूत एवं वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेठ र हरिवंश आचार्यलाई कदरपत्र प्रदान गर्नुभयो । रासस