७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन

भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
अ+ अ-

काठमाडौँ। पाटनको गुइत टोलस्थित पुनर्निर्माण गरिएको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम आज संयुक्त रूपमा उद्घाटन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेपाल सरकारअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास), स्थानीय समुदायका प्रतिनिधि तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको पनि सहभागिता थियो ।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब रु १२ करोड लागतमा उक्त सम्पदा पुनःस्थापना गरिएको हो । परियोजना नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) मार्फत कार्यान्वयन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य खरेलले स्थानीय समुदायको सक्रिय सहभागिताको प्रशंसा गर्दै गुस्तल महाविहारजस्ता प्राचीन जीवित सम्पदाको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले सांस्कृतिक सम्पदा पुनःस्थापनामा भारत सरकारले उपलब्ध गराएको सहयोगको पनि सराहना गर्नुभयो ।

नगरप्रमुख महर्जनले ललितपुरसहित नेपालका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनस्र्थापनामा भारतले पुर्याएको योगदानको प्रशंसा गर्दै स्थानीय समुदायको सहकार्य पनि उल्लेखनीय रहेको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धको चर्चा गर्दै नेपालका ऐतिहासिक सम्पदाको संरक्षणमा भारतले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले पुनस्र्थापित संरचनाहरू दुई देशबीचको साझा सांस्कृतिक सम्पदा र मित्रताको दिगो प्रतीक भएको उल्लेख गर्नुभयो ।

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको जनाएको छ । साथै गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ स्वास्थ्य संरचनाको पुनर्निर्माणमा पनि सहयोग उपलब्ध गराएको जनाइएको छ ।

परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप सुदृढ बनाउनुका साथै नेपाल–भारतबीचको विकास साझेदारीलाई समेत प्रतिविम्बित गरेको बताइएको छ । रासस