२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर



अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काइवेललाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको छ।

मंगलबार सम्पन्न सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले एलआरआर ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी र उत्साहित रहेको बताए । उनले यस वर्ष साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ र व्यावसायिक प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा काम गरिने उल्लेख गरे।

एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले सुदूरपश्चिम रोयल्स एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा सबैभन्दा ठूलो समर्थक आधार भएको, क्रिकेटप्रेमीमाझ लोकप्रिय र बलियो ब्रान्डका रूपमा स्थापित भएकाले दीर्घकालीन सहकार्य गर्ने निर्णय गरिएको बताए। उनले ब्रान्डिङको दृष्टिकोणले पनि यो साझेदारी दुवै पक्षका लागि लाभदायी हुने विश्वास व्यक्त गरे।

एलआरआर ग्रुपले नेपाली बजारमा आफ्नो प्रिमियम विद्युतीय एसयूभी स्काइवेल नाडा अटो शोमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।