२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतक भएको बताउनुभएको छ ।

आज तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभएको छ ।

उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणका विषयमा जागरण फैलिँदै गएको उल्लेख गर्नुभएको छ ।

परिवार, समाज र राष्ट्र निर्माणमा महिलाको योगदान अतुलनीय रहेको भन्दै मुख्यमन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, अन्याय र असमानताको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडकभडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न आग्रह गर्नुभएको छ ।