२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
अ अ+ अ-

काठमाडौं । सिजन मिडियाले आयोजना गरेको सातौँ संस्करणको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिएको छ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित व्यवसायी, पत्रकार, कलाकार, सामाजिक अभियन्ता, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

कार्यक्रममा पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई औद्योगिक नेतृत्वतर्फको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। यस्तै, वरिष्ठ संगीतकार, गायक तथा गीतकार सम्भुजित बास्कोटालाई ‘लेजेन्डरी म्युजिक मेस्ट्रो अवार्ड’बाट सम्मान गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरी विकास तथा सार्वजनिक सेवामा दूरदर्शी नेतृत्वतर्फको अवार्ड प्राप्त गर्दा होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलाई आतिथ्य उद्योग नेतृत्व उत्कृष्टता अवार्ड प्रदान गरिएको छ। हाइलाइफ एग्रो फुड्स इन्डस्ट्रिजका अध्यक्ष अम्बिका प्रसाद पौडेललाई उत्कृष्ट व्यावसायिक नेतृत्व अवार्ड प्रदान गरिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष तथा बीजी समूहका प्रबन्ध निर्देशक गणेश कार्कीले ऊर्जा नेतृत्व उत्कृष्टता अवार्ड प्राप्त गरेका छन्। वरिष्ठ पत्रकार, लेखक तथा प्रशिक्षक धर्मेन्द्र झाले ‘भेट्रान नेपाली जर्नालिजम अवार्ड’ पाउँदा नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेलाई औद्योगिक तथा व्यावसायिक नेतृत्व उत्कृष्टता अवार्ड प्रदान गरिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई संस्थागत नेतृत्व उत्कृष्टता अवार्ड प्रदान गरिएको छ। मुटुरोग विशेषज्ञ डा. विश्व पोखरेललाई विशिष्ट कार्डियाक सर्जन अवार्ड तथा मेटलाइफका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई जीवन बीमा तथा वित्तीय सेवातर्फको दूरदर्शी नेतृत्व अवार्ड प्रदान गरिएको छ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई ‘बैंकिङ सीईओ अफ द इयर–२०२६’बाट सम्मान गरिएको छ भने नेपाल वायुसेवा निगमकी वरिष्ठ क्याप्टेन भावना पन्तले अनुकरणीय महिला उड्डयन नेतृत्व अवार्ड प्राप्त गरेकी छन्।

त्यस्तै, इना सेन्टरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उद्धव बराल, फेसियल हाउसकी अध्यक्ष सुष्मा महरा, कंगारु एजुकेसन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिना र वरिष्ठ टेलिभिजन समाचार प्रस्तोता सामा थापालगायतलाई आ–आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको छ।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा, सामाजिक–आध्यात्मिक अभियन्ता, व्यवसायी तथा चलचित्र निर्माता सागर कटवाल, पोखरा बहाराई ज्वेलर्सका प्रबन्ध निर्देशक प्रदीप कोइराला, त्रिसाराका प्रबन्ध निर्देशक सोवन वीर मलाकार र ओरिजिनल इन्टरटेनमेन्ट प्रालिकी प्रबन्ध निर्देशक शिरिषा पौडेल (श्रीषा) पनि सम्मानित भएका छन्।

यस वर्षको अवार्डमा अन्तर्राष्ट्रिय विधासमेत समावेश गरिएको थियो। जापान, भारत, मलेसिया, बंगलादेश र चीनका विभिन्न क्षेत्रमा सक्रिय पेशाकर्मी तथा व्यवसायीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।

जापानमा कार्यरत वरिष्ठ स्वतन्त्र फोटो पत्रकार नोबोरु ताकाओकालाई ‘लेजेन्डरी एक्सिलेन्स इन फोटो जर्नालिज्म अवार्ड’ तथा भारतका वरिष्ठ फोटो पत्रकार पुरुषोत्तम दिवाकरलाई ‘आउटस्ट्यान्डिङ इन्टरनेसनल फोटो जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ।

मलेसियाका अन्तर्राष्ट्रिय ड्रोन उड्डयन महासंघका अध्यक्ष चेङ क्वे सेङलाई अन्तर्राष्ट्रिय ड्रोन उड्डयन नेतृत्व अवार्ड प्रदान गरिएको छ। बंगलादेशका व्यवसायी अलहाज मोहम्मद सोहागलाई उत्कृष्ट व्यावसायिक नेतृत्व तथा सामाजिक उत्तरदायित्व अवार्ड र बंगलादेशकै प्रमुख फोटो पत्रकार इन्द्रजित कुमार घोषलाई फोटो पत्रकारिता उत्कृष्टता अवार्ड प्रदान गरिएको छ।

बंगलादेशका पानीमुनि फोटोग्राफर सरिफ सरवारलाई समुद्र तथा पानीमुनि फोटोग्राफी उत्कृष्टता अवार्ड प्रदान गरिएको छ। चीनको ग्वाङ्झाउ ह्वाइटहेड एजुकेसन टेक्नोलोजी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जोसन चेनलाई एसियन एजुकेसन टेक्नोलोजी एक्सिलेन्स अवार्ड तथा अन्तर्राष्ट्रिय ड्रोन उड्डयन महासंघकी सञ्चार तथा सामाजिक सल्लाहकार वेन्नी काईलाई विश्वव्यापी सञ्चार नेतृत्व उत्कृष्टता अवार्ड प्रदान गरिएको छ।

समारोहमा सिजन मिडियाका अध्यक्ष प्रदीपराज ओन्ताले अवार्ड ट्रफी र प्रमाणपत्रमा मात्र सीमित नभई विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिको मेहनत, संघर्ष, उपलब्धि र सामाजिक योगदानको सम्मान भएको बताए। नेपाल तथा एसियाका प्रतिभाशाली पेशाकर्मी, उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा सिर्जनशील व्यक्तित्वलाई एउटै मञ्चमा ल्याएर अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य र व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु अवार्डको उद्देश्य रहेको उनको भनाइ थियो।

प्रमुख अतिथि डा. यादवले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दा समाजमा सकारात्मक ऊर्जा पैदा हुने र नयाँ पुस्तालाई प्रेरणा मिल्ने बताए। उनले सम्मानित व्यक्तित्वलाई समाज र राष्ट्रका लागि आफ्नो योगदान अझ विस्तार गर्न आग्रह गरे।

सिजन मिडियाले आफ्नो सञ्चालनको १८औँ वर्षका अवसरमा अवार्डको सातौँ संस्करण आयोजना गरेको हो। आयोजकले आगामी दिनमा पनि नेपालसहित एसियाका विभिन्न मुलुकका प्रतिभा, उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा सिर्जनशील व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिबाट सम्मानित व्यक्तित्वलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।