२ भाद्र २०८३, मंगलवार
,
Latest
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली (टिम यूएसए) मा छनोट भएकी छन् । अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेनमा जुलाई १६ देखि १९ सम्म सम्पन्न २०२६ यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ४७ किलोको टोली कुमिते विधामा स्वर्ण पदक जित्दै उनी टिम यूएसएमा छनोट भएकी हुन् ।

अब शेर्पाले आगामी अगस्ट २४ देखि ३० सम्म कोस्टा रिकामा हुने २०२६ प्यान अमेरिकन कराँते च्याम्पियनसिपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् । न्युयोर्कमा रहेको कराँते प्रशिक्षण केन्द्र डोजोमा प्रशिक्षणरत उनले पछिल्ला केही वर्षदेखि राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै भएकी छन् ।

शेर्पाले सन् २०२५ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा कांस्य पदक, २०२४ को नेसनल गेम्समा दुई रजत पदक, २०२४ को लुइजियानामा सम्पन्न प्रतियोगितामा एक रजर र कांस्य पदक तथा २०२३ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् । उनले एएयू कराँते च्याम्पियनसिप र गार्डेन स्टेट कराँते च्याम्पियनसिपमा र न्युयोर्क स्टेट च्याम्पियन सिपमा एक स्वर्ण र एक रजत समेत स्वर्ण पदक जितेको नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारीले बताए ।

जेत्सुन सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङ निवासी ल्हाक्पा शेर्पा र छेतेन शेर्पाकी छोरी हुन् । लामो समयदेखि शेर्पा परिवार नै अमेरिकामा बस्दै आएका छन् । खेलसँगै उनी अध्ययन र पौडी प्रतियोगितामा समेत सक्रिय रहेको जेत्सुनका बुवा ल्हाक्पा शेर्पाले बताए ।

उनले भने, “अन्तराष्ट्रिय उपाधि हामो परिवार, प्रशिक्षक र छोरीको वर्षौंको मिहिनेत, अनुशासन र समर्पणको प्रतिफल हो, यसलाई हामी मात्रै हैन मेरो देश नेपालको शिर समेत उच्च बनाएको महसुस भएको छ ।” शेर्पा परिवारले प्रशिक्षक तथा कराँते प्रशिक्षण केन्द्र डोजोप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।