२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो खेलमा मधेसको पहिलो जित



अ+ अ-

काठमाडौँ। मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलबाट पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलवार भएको खेलमा मधेस वारियर्सले खप्तड फाल्कोन्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

जितविहीन टोली बीचको प्रतिष्पर्धामा मधेस वारियर्सले पहिलो सफलता पायो । यो खेलअघि दुवै टोली पहिलो जित निकाल्ने लक्ष्य सहित कोटमा उत्रिएका थिए । तर खप्तडको खराब डिफेन्ससँगै विदेशी खेलाडी चल्न नसक्दा हार व्यहोर्यो ।

खप्तडका कप्तान धीरजकाजी बस्नेतले राम्रो प्रदर्शन गरे पनि जित दिलाउन सकेनन् । खप्तडका अफ्रिकन खेलाडी बसको डेटेले पनि सुधारिएको प्रदर्शन गरे । तर रसियन खेलाडी अर्टिम किसलिभलको लगातार खराब प्रदर्शन जारी रह्यो । मधेसले भने भारतीय खेलाडीको साथ पाउँदा पहिलो जित निकनल्यो । मधेस तीन जना भारतीय खेलाडीका साथमा छ । चौथो खेलमा भने मधेश जित निकाल्न सफल भयो ।

मधेसले पहिलो सेट २५–२०, दोस्रो २०–२० र तेस्रो २५–२३ ले आफ्नो बनायो । तीनै सेटमा खप्तडले अन्तिमसम्म चुनौती दिएको थियो । तर त्यसलाई सदुपयोग गर्न भने सकेन । मधेशले पहिलो सेट २५–२१ ले आफ्नो बनायो । भारतीय खेलाडीले प्रभाव जमाउँदा मधेशले अग्रता लिएको हो । तर, दोस्रो सेटमा भने खप्तडले चुनौती दियो । यो सेट पनि खप्तडले २५–२० ले गुमाउन पुग्यो । यो सेटमा खप्तडले निकै चुनौती दिने प्रयास गर्यो । सुरुमा पछि परेको खप्तडले १६–१६ को स्थिति सम्म चुुनौती दियो । मधेशका लिफ्टर उक्राले प्लेसिङ गर्दै अग्रता दिलाए । यससँगै मधेश १७–१६ ले अगाडि बढ्यो । यसपछि दबाबमा परेको खप्तड सेटमा फर्कन सकेन र अन्तत् यो सेट पनि गुमायो ।

तेस्रो सेट भने खप्तडले आफ्नो बनाउने संकेत गर्यो । तर, २२–२ को स्थितिमा जोगाउन सकेन । खप्तडका  रसियन खेलाडी अर्टिम किसिलेभले सर्भिस बाहिर हाने । यससँगै मधेशले सेटमा अग्रता लिने अवरस पायो । यो गल्तीले नै खप्तडको खेलमा फर्कने लक्ष्य पूरा सकेन । अन्तत् मधेशले २५–२३ ले सेट आफ्नो बनाउँदै पहिलो जित रच्यो । तेस्रो खेलमा खप्तडको तेस्रो हार हो भने मधेशले चौथो खेलमा पहिलो जित रचेको हो । मधेशको जितमा जिबिन सेबास्टिन म्यान अफ दी म्याच भए ।

मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ र दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ ले पछि परेको थियो । चार खेलबाट मधेशको चार अङ्क भएको छ र प्लेअफ पुग्ने सम्भावना जीवितै देखिन्छ । खप्तडले भने तीन खेलसम्म एउटा सेट पनि जित्न सकेको छैन ।

केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । नेपाली पुरूष भलिबलमा पहिलोपल्ट आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ । पहिलो संस्करणको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ तय गरिएको छ । एनभिएलका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन ।

कुल ३२ लाख रुपैयाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार पाउने आयोजकले जनाएको छ । बाँकी १२ लाख उपविजेता, विभिन्न ७ विधाका उत्कृष्ट र १७ खेलका म्यान अफ द म्याचको नगद पुरस्कारका लागि विनियोजन गरिएको छ ।

लिगमा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्नेछ ।

दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन् । फाइनल र प्लेअफसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन् । फाइनल भदौ २७ गते हुने तय छ । –न्युज एजेन्सी नेपाल