२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड



फाइल फोटो
अ+ अ-

तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको आज दर्शन तथा अवलोकन गर्नुभएको छ ।

उहाँले मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वबारे अध्ययन गर्नुका साथै यसको संरक्षण, प्रवर्द्धन, समग्र विकास र व्यवस्थित व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ ।

गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको ढोरवाराही मन्दिरमा पुगेर मुख्यमन्त्री पाण्डेले मन्दिर परिसर, धार्मिक संरचना तथा आसपासको क्षेत्रको अवलोकन गर्नुभएको थियो । सोक्रममा उहाँले ढोरवाराही क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्दै थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने चर्चा गर्नुभयो ।

अवलोकनका क्रममा धार्मिक सम्पदाको मौलिकता जोगाउँदै आवश्यक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको संरक्षण तथा पर्यटकमैत्री व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

ढोरवाराहीको ऐतिहासिक तथा धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरिने उहाँको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले ढोरवाराही मन्दिर शुक्लागण्डकी नगरपालिकाको मात्र नभई समग्र गण्डकी प्रदेशकै महत्त्वपूर्ण धार्मिक सम्पदा रहेको बताउनुभयो ।

उहाँले मन्दिरको संरक्षणसँगै योजनाबद्ध विकास र प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा राख्नुभयो ।

नगरप्रमुख पण्डितले ढोरवाराहीको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै यहाँ आउने भक्तजन तथा पर्यटकका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले मन्दिर क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरी गुरुयोजनाका आधारमा विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । रासस