२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री



अ+ अ-

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार बिक्री प्रक्रिया सम्पन्न गर्दै अधिकार प्राप्त कम्पनीहरूको घोषणा गरेको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको सूचना अनुसार, एनपीएलको ओटीटी अधिकार वर्ल्डवाइड नेटटीभी प्रालि (NetTV Pvt. Ltd.) ले प्राप्त गरेको छ। उक्त अधिकारका लागि कम्पनीले रु. १८ करोड ४ लाख तिर्नेछ।

त्यस्तै, नेपालको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले प्राप्त गरेको छ। यसका लागि कम्पनीले रु. १४ करोड ६४ लाख तिर्नेछ।

एनपीएलको टिकटिङ अधिकार भने इसेवा लिमिटेडले प्राप्त गरेको छ। इसेवाले यसका लागि रु. ८५ लाख तिर्नेछ। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये ९५ प्रतिशत क्यान र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछन्।

क्यानले एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन अधिकार प्राप्त गरेकामा नेटटीभी, हिमालय टेलिभिजन र इसेवालाइ बधाइ दिएको छ ।