२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त



अ+ अ-

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त हुनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा विनम्र विष्ट नियुक्त हुनुभएको हो ।

त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्षमा डा रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा ममता भट्टराई कोइराला र डिनमा डा विकासविक्रम सिंह अधिकारी नियुक्त हुनुभएको छ ।

नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ निर्वाह गर्न आग्रह गर्नुभएको थियो । रासस