२४ भाद्र २०८३, बुधबार
,
Latest
घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गर्नुभएको हो ।

पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उहाँको भनाइ छ । देउवाले पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गर्नुभयो ।

त्यतिबेला पार्टी एकतावद्ध रहेको र खुला रूपमा सदस्यता तथा प्रतिनिधिको पहिचान गरी विशेष महाधिवेशन गरिएको उहाँको भनाइ छ । गगन थापाले विशेष महाधिवेशन बोलाउने कुरा गरेपछि आफूले विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीलाई रहेको तर त्यसअघि को–को सदस्य हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको स्मरण गराउनु भयो । देउवाले आफू पार्टी सभापति रहेको अवस्थामा विशेष महाधिवेशन बोलाउने विधि आफूलाई थाहा नभएको र गगन थापालाई मात्रै थाहा भएजस्तो गरी अघि बढेर महाधिवेशन गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले सनाखत गराउनुप¥यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खोल्टीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ? ज्यानको खतरा त्यस्तो त्रास कसले फैलाएको छ ? विश्लेषण गरिनुप¥यो नि । त्यसकारण सर्वोच्च अदालतप्रति मेरो विश्वास छ । सर्वोच्च अदालतले न्याय दिनेछ भन्ने विश्वास छ । रुख चिन्ह र चार तारा झण्डा नेपाली काँग्रेसले पाउनेछ भन्ने विश्वास छ । मलाई विश्वास छ, जित्ने गरी सर्वोच्चले न्याय दिनेछ ।’

देउवाले नेपाली काँग्रेससँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो । अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उहाँले त्यसपछि कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दाबी गर्नुभयो ।

पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा पनि आफूहरूले मुद्दा जितेको र राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गर्नुभयो ।

अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्चले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको देउवाको भनाइ छ । अन्ततः नेपाली काँग्रेसले रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल