२४ भाद्र २०८३, बुधबार
,
Latest
चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ७७ हजार ७ सय ७७ सहयोग गरेको छ ।

एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई उक्त सहयोग रकम बैंकमा दाखिला गरेको भौचर हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा एनएफपिजे नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले फोटो पत्रकारहरूले आफ्नो खाजा खर्चसमेत कटाएर सहयोग रकम संकलन गरेको एनएफपिजे नेपालले जनाएको छ ।

अध्यक्ष वन्तले सहयोग रकम सानो भए पनि विपद्मा परेका नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

एनएफपिजे नेपालले फोटो पत्रकारिता समाचार तथा सूचना सम्प्रेषणमा मात्र सीमित नभई विपद्का समयमा उद्धार, राहत तथा मानवीय संवेदनासँग जोडिएका सकारात्मक सन्देश प्रवाहमा समेत भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

समूहका वरिष्ठ अध्यक्ष सागर श्रेष्ठले फिल्डमा प्रत्यक्ष खटिएर विपद्का घटना देखेका, भोगेका तथा अभिलेखीकरण गरेका फोटो पत्रकारहरूले दुःखको समयमा समाजप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भावनासहित सहयोग गरेको बताउनुभयो ।

सहयोग रकम हस्तान्तरणका क्रममा मन्त्री डा. तिमिल्सिनाले विपद्को दुःखद घडीमा फोटो पत्रकारहरू एकताबद्ध भएर मानवीय संवेदना र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको सहयोगले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । मन्त्री तिमिल्सिनाले विपद्को कठिन समयमा संस्थागत रूपमा अघि बढेर सहयोग गरेकोमा एनएफपिजे नेपालका पदाधिकारी तथा सम्पूर्ण फोटो पत्रकारहरूको प्रशंसा गर्दै यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।