२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का कारण गहिरो शोकमा रहेका नागरिकले राज्यप्रति पोख्ने आक्रोशलाई स्वाभाविक रूपमा लिन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले आफन्त गुमाएका तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकसँग राज्यका संयन्त्रले धैर्य र संवेदनशीलताका साथ प्रस्तुत हुनुपर्ने बताए।

उनले प्राकृतिक विपद्मा सर्वस्व गुमाएका नागरिकलाई राज्यले उपलब्ध स्रोत–साधन परिचालन गरिरहेको तथ्यले मात्र सान्त्वना नदिने बताए। संकटमा रहेका नागरिकको मुख्य अपेक्षा आफ्ना आफन्तको ज्यान जोगाउन राज्य समयमै घटनास्थल पुगिदियोस् भन्ने हुने उनको भनाइ थियो।

‘आफन्तको स्वास खोजिरहेका ती आत्तिएका आँखालाई यो प्राकृतिक विध्वंशको आयतन कति विशाल छ भनेर नाप्ने फुर्सद हुँदैन,’ लामिछानेले भने, ‘उनीहरूलाई त केवल एउटा कुरा चाहिएको छ—मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगोस्, उद्धार गरिदियोस्।’

आफूले अपेक्षा गरेको सहयोग नपाउँदा नागरिकमा उत्पन्न हुने आक्रोशलाई उनीहरूको स्वाभाविक अधिकारका रूपमा लिनुपर्ने उनले बताए।

लामिछानेले शोकमा रहेका नागरिकको आक्रोशलाई सरकार वा रास्वपाविरुद्धको प्रहारका रूपमा नबुझ्न पार्टी पंक्ति र राज्यका सम्पूर्ण संयन्त्रलाई आग्रह गरे।

‘जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?’ उनले प्रश्न गरे।

नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र सहयोगका लागि गरिएको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने लामिछानेको भनाइ थियो।

‘नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ,’ उनले भने।

उनले संकटका बेला नागरिकको गुनासो सुन्ने, धैर्यपूर्वक सहने र पीडितको आँसु पुछ्ने क्षमता नै राज्यको वास्तविक शक्ति भएको बताए।