१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला



अ+ अ-

झापा। झापाको बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलाको पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज साँझ करिब ६ बजे बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको देउनिया पुलमुनि शव फेला परेको हो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस