८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल

सुनसरी घटना:  आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल
अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, घाइतेलाई उपचार तथा दोषीमाथि कानुनबमोजिम कारबाही हुने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरीमा भएको घटनाले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले सरकारले मृतकका परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनाका दोषीलाई कानुनअनुसार कारबाही गर्ने विश्वास दिलाएका छन्। सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु कुनै पनि अवस्थामा सामान्य घटना हुन नसक्ने उल्लेख गर्दै उनले यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही गरिने बताएका छन्।

घटनाबाट पाठ सिक्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल आवश्यक निर्णय र सुधारका कदम अघि बढाइरहेको उनले बताएका छन्। सम्पूर्ण घटनाको सरकारले गम्भीर समीक्षा गरिरहेको उल्लेख गर्दै नागरिकले सरकारका जिम्मेवार कदमको अनुभूति गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले मृतकका परिवार तथा घाइतेलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै त्यस अवधिसम्म संयम अपनाउन सबैसँग आग्रह गरेका छन्। उनले आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न तथा कुनै पनि उक्साहटमा नलाग्न आग्रह गर्दै सामाजिक सद्भाव, प्रेम, सम्मान र आपसी विश्वास कायम राख्न सबैलाई अपिल गरेका छन्।

उनले मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो भन्दै सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउनु रहेको उल्लेख गरेका छन्।