८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

“मन्त्रालयले भन्यो– कर्मचारी बिदामा नबस्नु”

वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुनसक्ने पूर्वानुमानपछि सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वानुमानको आधारमा देशभरका स्थानीय तहलाई पत्राचार गरी सम्भावित विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा जुट्न आग्रह गरेको हो।

मन्त्रालयले असोज ९ गतेदेखि ११ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने भएकाले वर्षाका कारण उत्पन्न हुनसक्ने विपद् जोखिम तथा सम्भावित क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ रहन स्थानीय तहलाई निर्देशन दिएको छ।

पत्रमार्फत उक्त अवधिमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न तथा प्रमुख प्रशासकिय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

त्यस्तै, पत्रमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्वतयारी गर्न तथा त्यससम्बन्धी जानकारी मन्त्रालयमा पठाउन भनिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहका जोखिमयुक्त स्थान तथा बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ। साथै, सामुदायिक भवन, विद्यालयलगायतका संरचनालाई आवश्यक परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

मन्त्रालयले सम्भावित विपद्का बारेमा नागरिकलाई समयमै जानकारी गराउन वडा कार्यालयमार्फत माइकिङ, स्थानीय एफएम तथा सामाजिक सञ्जालबाट सचेतनामूलक सूचना प्रवाह गर्न समेत स्थानीय तहलाई आग्रह गरेको छ।