८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

२२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै

२२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै
अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले २२ वर्षपछि सम्यक् महादान आयोजना गर्ने भएको छ । महानगरपालिकाले नेपाल संवत् ११४७ को पोहेलाथ्व सप्तमी अर्थात् आगामी माघ १ गते काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भू भुइँखेलमा सम्यक् महादान आयोजना गर्ने भएको हो ।

महानगरपालिकाले बिहीवार विशेष कार्यक्रम आयोजना गरी सम्यक् महादान गर्ने घोषणा गरेको हो । कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलको संयोजकत्वमा सम्यक् महादान मूल समारोह समिति समेत घोषणा गरिएको छ ।

सम्यक् महादान हरेक १२ वर्षमा आयोजना गर्ने परम्परा रहे पनि पछिल्लो २२ वर्षदेखि हुन सकेको थिएन । नेपाल संवत् ११२५ अर्थात् विसं २०६१ पछि काठमाडौंमा पहिलोपटक सम्यक् महादान आयोजना गर्न लागिएको हो ।

कार्यवाहक प्रमुख डंगोलले नयाँ पुस्तालाई प्राचीन सांस्कृतिक परम्परा र अमूर्त सम्पदाबारे प्रत्यक्ष जानकारी गराउन महादान आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मूर्त सम्पदाको संरक्षण र पुनर्निर्माणसँगै अमूर्त सम्पदाको संरक्षण तथा प्रवद्र्धनलाई पनि महानगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले लामो समयदेखि सम्यक् महादान हुन नसक्दा नयाँ पुस्ताले यसको प्रत्यक्ष अनुभव गर्न नपाएको उल्लेख गर्दै पुस्तकमा रहेको ज्ञान मात्र पर्याप्त नहुने बताउनुभयो । जीवित परम्परालाई निरन्तरता दिएर मात्रै सांस्कृतिक ज्ञान पुस्तान्तरण गर्न सकिने उहाँको भनाइ थियो ।

महानगरपालिकाले अबदेखि १२ वर्षको अन्तरालमा सम्यक् महादान आयोजना गर्ने परम्परालाई निरन्तरता दिन स्थानीय सरकारले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

सम्यक् महादान दुई दिन सञ्चालन हुने परम्परा छ । पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भू भुइँखेलमा मुख्य कार्यक्रम हुने व्यवस्था छ ।

महादानको तयारीका लागि गठन गरिएको मूल समारोह समितिमा ३०१ सदस्य रहेका छन् । समितिको संयोजकमा प्रा.डा. नरेशमान बज्राचार्य तथा पाँच जना सहसंयोजक र ३७ जना पदाधिकारी रहेका छन् । कार्यक्रम व्यवस्थापनका लागि ३७ सदस्यीय निर्णय कार्यान्वयन समिति र विभिन्न विषयगत कामका लागि १३ वटा उपसमिति गठन गरिएको छ ।

सम्यक् महादानलाई बौद्ध परम्परामा महत्वपूर्ण तथा दुर्लभ दान पर्वका रूपमा लिइन्छ । महादानका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका दीपङ्कर बुद्धका धातुमूर्तिसहित प्रमुख बौद्ध मन्दिरका देवदेवीलाई निमन्त्रणा गरी पूजापाठ, दान तथा दक्षिणा अर्पण गर्ने परम्परा छ ।

त्यस्तै, नेपाल मण्डलका बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु तथा चैलक भिक्षुलगायत बौद्ध संघका सदस्यलाई दान अर्पण गर्ने परम्परा पनि रहेको छ । ठूलो संख्यामा दीपङ्कर बुद्धका धातुमूर्ति प्रदर्शन गरिने भएकाले सम्यक् महादान धार्मिकसँगै सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा समेत परिचित छ ।

ठूलो आर्थिक स्रोत, श्रम र व्यवस्थापन आवश्यक पर्ने भएकाले पछिल्लो समय सम्यक् महादान आयोजना हुन कठिन हुँदै गएको बताइन्छ । नेपालमा पञ्चदान, ऐच्छिक पञ्जरा, नराँ पञ्जरा लगायतका विभिन्न दान परम्परा रहे पनि सम्यक् महादानलाई तीमध्ये महत्वपूर्ण, कठिन र दुर्लभ दान पर्वका रूपमा लिइन्छ ।