काठमाडौँ । नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एशियाली खेलकुदमा काँस्य पदक पक्का गरेको छ ।
२०औँ एशियाली खेलकुदअन्तर्गत बिहीबार भएको महिला कबड्डीको समूह ‘बी’ को खेलमा नेपालले श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
श्रीलंकाविरुद्धको जितसँगै नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तीमा काँस्य पदक सुनिश्चित गरेको हो ।
नेपालले अब सेमिफाइनलमा भारत वा इरानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । भारतले समूहको अन्तिम खेलमा जित हासिल गरेमा नेपालले भारतसँग सेमिफाइनल खेल्नेछ ।
नेपालले यसअघि १९औँ एशियाली खेलकुदमा पनि महिला कबड्डीतर्फ काँस्य पदक जितेको थियो ।








