८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने

कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने
अ+ अ-

काठमाडाैँ । जनकपुरधाममा गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारले आफूहरूलाई विस्थापित गर्न खोजिएको भन्दै शुक्रबार विरोध प्रदर्शन गर्ने भएका छन्।

‘गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समिति’को आयोजनामा हुने प्रदर्शनमार्फत सरकारको पछिल्लो कदमको विरोध गर्दै आफ्नो हकअधिकार सुनिश्चित गर्न माग गरिने भएको हो।

समितिका अध्यक्ष सन्तोष साहका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा गुठी तथा कुटीको जग्गामा बसोबास गर्दै आएका सयौँ परिवार सरकारी नीतिका कारण विस्थापित हुने त्रासमा छन्। पुस्तौँदेखि कुटीको जग्गामा बसोबास गर्दै आएका परिवारलाई पछिल्लो समय प्रशासनले प्रक्रियागत झन्झट देखाउँदै उठिवास गराउन खोजेको उहाँको आरोप छ।

आन्दोलनका क्रममा शुक्रबार जनकपुरधाम नगर क्षेत्रमा प्रदर्शन गरिनेछ। प्रदर्शनपछि नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर मुख्यमन्त्री र प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाउने तयारी समितिले गरेको छ।

समितिले कुटीको जग्गामा बसोबास गर्दै आएका परिवारलाई जग्गाको रैतान नम्बरी कायम गरी स्वामित्वको अधिकार दिनुपर्ने माग गरेको छ। साथै, तत्कालका लागि जग्गा खाली गराउने वा उठिवास गराउने कार्य रोक्दै प्रभावित परिवारको उचित बासस्थानको ग्यारेन्टी गर्नुपर्ने माग पनि अघि सारेको छ।

अध्यक्ष साहले आफूहरू गुठीको नभई कुटीको जग्गामा बसोबास गर्दै आएको दाबी गर्दै राज्यले कानुनको अपव्याख्या गरेर आफूहरूका सन्तानको भविष्यमाथि खेलवाड गर्न नहुने बताउनुभयो।

संघर्ष समितिले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ।